र्‍याप र र्‍यापर युग !

र्‍याप र र्‍यापर युग !



सुधारेरै होला सुधार गृहले,
कुन्नि के बबहरू आजकल
आमा बाबुबाट स्वतन्त्रता खोज्छन् !
आमा बाबु भन्दा ट्यापेहरु रोज्छन् !
मेरो स्वतन्त्रता खोइ ? भन्छन्
उजुरीका निवेदनहरू चढाउँछन्
मानवअधिकारका कुराहरू पढाउँछन्
मिडियाहरू बोलाउँछन्
गर्छन् पत्रकार सम्मेलन
आफ्नै जन्मदिने आमा र बाबुहरू दुत्कार्दै !
यस्तै स्वतन्त्रताको युग छ अहिले
र्‍याप र र्‍यापरको युग छ अहिले
नयाँ नेपालको नयाँ संस्कृति
यस्तो देखेरै होला उपल्ला घरे जेठा भन्छन्
भो, सन्तान नजन्माऊ भो कान्छा
जी बब काण्डको अनुभवले त्यही भन्छ
र्‍याप र र्‍यापर युगले त्यही भन्छ
र्‍यापर जन्माइहाल्यौ भने तिम्रो कुरा को सुन्छ ?
त्यसैले मलाई सन्तान जन्माउन होइन
घरमा कुकुर पाल्न मन छ !

जुन १३, २०२२