तिमी आएपछि

तिमी आएपछि



प्रिय मान्छे !
यतिखेर म संसारकै
सुखको अनुभुति गरिरहेको छु
आनन्दमा छु, प्रेममा छु
नयाँ उत्साह थपिँदै
भिन्न स्वरुपमा परिवर्तन भएको छु ।

किनकि तिमी आएकी छौ
बर्षाैअघिसम्म तपस्या गरेँ
साधना गरेँ
म लिप्त थिएँ
म तिम्रो प्रेममा
मलाई लागेको थियो
तिमी यतै थियौ
मेरै नजिक मेरै आसपास
तर पनि निराकार थियौ
अदृश्य भएर बसेकी थियौ ।

तिमी आउने बेलामा
न्यानो घाम लागेको थियो
सयपत्री मखमली फुल्न लागेका थिए
कतै- कतै चाहिँ फुलहरु फुलिसकेका थिए
प्रकृति पनि उत्साह उमङ्गमा थियो ।

त्यतिखेर तिमी आएपछि
यस्तो लाग्यो
अध्यारोबाट उज्यालो भयो
जीवन धन्य भएको छ
अनुग्रह भएको छ
आभारी छु
तिमी मेरो
सुन्दर जीवनमा आएपछि
अहिले म तिम्रो प्रेमको
फुलबारीमा खेलिरहेको छु ।


बिर्तामोड