यी ४० निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाउला की छोड्ला ? {मतान्तरसहित}

यी ४० निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाउला की छोड्ला ? {मतान्तरसहित}

पाँच हजारभन्दा कम मतान्तरले पराजय बेहोरेको कांग्रेस यस पटक सहज जित निकाल्ने गरी अघि बढ्ला ?



काठमाडौँ । सरकारले आगामी ४ मंसिरमा आमनिर्वाचन (प्रतिनिधि सभा र प्रदेश सभा) को मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ ।

राजनीतिक दलहरु आगामी निर्वाचनमा चुनावी तालमेल गर्नेदेखि एक्लाएक्लै प्रतिस्पर्धा गर्नेसम्मका छलफल गरिरहेका छन् । देशका प्रमुख दुई ठुला दल नेकपा एमाले र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । साथै उनीहरुले उम्मेदवार सिफारिस र उम्मेदवार बन्नका लागि मापदण्डसमेत तय गरिसकेका छन् । यस्तै अन्य राजनीतिक दलहरुले पनि देशभर चुुनाव केन्द्रीत आफ्ना विभिन्न बैठक तथा कार्यक्रमहरु गरिरहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आगामी निर्वाचनमा सत्ता सहयात्री दलहरुसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको छ, भने प्रमुख विपक्षी दल एमालेले गठबन्धनको सामना गरेर एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने भन्दै चुनावी गतिविधिलाई अगाडी बढाइरहेको छ । यस पटक एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरे पनि एमालेलाई भने त्यति सहज अवस्था छैन् । किन भने २०७४ सालमा भएको प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनमा जस्तो यस पटक सहयात्री कोहि पनि सँगै छैन् । एमाले विभाजन भएको छ भने, त्यति बेलाको मुख्य सहयात्री नेकपा माओवादी केन्द्र अहिले कांग्रेससँग सहयात्रा गरिरहेको छ । त्यसैले पनि एमालेका लागि यस पटकको निर्वाचन निकै चुनौतीपूर्ण रहेको छ ।

निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरे पनि पाँच दलिय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अहिले निकै पेचिलो बनिरहेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सबै दललाई समेटेर वाम-लोकतान्त्रिक गठबन्धन बनाउने र अघिल्लो चुनावमा भएको आफ्नो हारको बदला आगामी निर्वाचनमा लिने दाउमा छ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन बनेपछि प्रतिनिधि सभामा कांग्रेस २३ सिटमा सिमित भएको थियो । त्यसबेला कांग्रेसले विगतमा निरन्तर जित्दै आएका क्षेत्रसमेत गुमाउन पुगेको थियो । कांग्रेस अहिले त्यही वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र र एमाले विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी, मधेसमा बलियो मानिएको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बलियो साथ लिएर बढीभन्दा बढी सिटमा जित निकाल्ने प्रयासमा छ ।

गत २०७४ को मतपरिणामलाई केलाउँदा देशभर २३ सिट मात्रै जितेको कांग्रेसले देशभर पाँच हजार भन्दा कम मतान्तरले ४० निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो । यस पटक ती क्षेत्रमा सहज जित निकाल्ने गरी कांग्रेस अघि बढेको छ ।

विगतको मतलाई आधार मानेर गठबन्धनमा रहेका दलहरुको साथ पाए ती क्षेत्रमा यसपटक कांग्रेस भारी मतान्तरले जित निकाल्ने मनस्थितिमा रहेको छ । यसपटक कांग्रेसले पाँच हजारभन्दा कम मतले पराजय बेहोरेका क्षेत्र मात्रै होईन अन्य क्षेत्रमा समेत आफ्नो जित सुनिश्चि गर्न चाहन्छ ।

यी हुन् कांग्रेस ५ हजार मतले पराजित भएका ४० निर्वाचन क्षेत्र

तेह्रथुम-१

मतान्तर- २०२१

नेकपा एमाले- भवानीप्रसाद खापुङ २१३३५

नेपाली कांग्रेस- सिता गुरुङ १९३१४

झापा-१

मतान्तर- २८६३

माओवादी केन्द्र- सुरेन्द्रकुमार कार्की, ३६१७३

नेपाली कांग्रेस- विश्वप्रकाश शर्मा, ३३३१०

संखुवासभा-१

मतान्तर- ११३०

नेकपा एमाले- राजेन्द्रप्रसाद गौत्तम ३२७६९

नेपाली कांग्रेस- दिपक खड्का ३१६३९

मोरङ्ग-३

मतान्तर- १९०७

नेकपा एमाले- भानुभक्त ढकाल ४२४१३

नेपाली कांग्रेस- सुनीलकुमार शर्मा ४०५०६

मोरङ्ग-५

मतान्तर- ३७९२

माओवादी केन्द्र- शिवकुमार मण्डल (केवट) २२९४५

नेपाली कांग्रेस- अमृतकुमार अर्याल १९१५३

मोरङ्ग-६

मतान्तर- ६७५

नेकपा एमाले- लालबाबु पण्डित ३३९४१

नेपाली कांग्रेस- डा. शेखर कोइराला ३३२६६

सोलुखुम्बु-१

मतान्तर- ३४५३

माओवादी केन्द्र- हेमकुमार राई २०७४७

नेपाली कांग्रेस- बलबहादुर के.सी १७२९४

ओखलढुंगा-१

मतान्तर- ५२५३

नेकपा एमाले- यज्ञराज सुनुवार ३२५८०

नेपाली कांग्रेस- रामहरि खतिवडा २७३२७

सप्तरी-३

मतान्तर-३१८३

राष्ट्रिय जनता पार्टी नेपाल- चन्द्रकान्त चौधरी २२५८४

नेपाली कांग्रेस- दिनेशकुमार यादव १९४०१

धनुषा-३

मतान्तर- २९०३

राष्ट्रिय जनता पार्टी नेपाल- राजेन्द्र महतो ३०७५०

नेपाली कांग्रेस- विमलेन्द्र निधि २७८४७

धनुषा-४

मतान्तर- २५४१

नेकपा एमाले- रघुवीर महासेठ २२५३२

नेपाली कांग्रेस- महेन्द्र यादव १९९९१

महोत्तरी-४

मतान्तर- ५३२८

संघीय समाजवादी फोरम नेपाल- सुरेन्‍द्रकुमार यादव १८३५३

नेपाली कांग्रेस- महेन्‍द्र कुमार राय १३०२५

धादिङ्ग-२

मतान्तर- ६४०

नेकपा एमाले- खेमप्रसाद लोहनी ३६२५६

नेपाली कांग्रेस- दिलमान पाख्रिन ३५६१६

डोटी-१

मतान्तर- १६३२

नेकपा एमाले – प्रेमबहादुर आले ३२५१०

नेपाली कांग्रेस – वीरबहादुर बलायर ३०८७८

कैलाली-२

मतान्तर-१८४४

नेकपा एमाले – झपटबहादुर रावल २५१५७

नेपाली कांग्रेस – मोहनसिंह राठौर २३३१३

कैलाली-३

मतान्तर-४३८५

माओवादी केन्द्र- गौरीशंकर चौधरी २४८७९

नेपाली कांग्रेस – रामजनम चौधरी २०४९४

कैलाली-५

मतान्तर-४८८०

नेकपा एमाले- नारदमुनि राना २७२०२

नेपाली कांग्रेस- आरजु राणा देउवा २२३२२

कन्चनपुर-३

मतान्तर- २५८

नेकपा एमाले- दीपकप्रकाश भट्ट २६३६४

नेपाली कांग्रेस- रमेश लेखक २६१०६

काठमाडौं-३

मतान्तर- ४२८५

नेकपा एमाले- कृष्‍णबहादुर राई १९१६९

नेपाली कांग्रेस- अम्‍बिका बस्‍नेत १४८८४

काठमाडौं-८

मतान्तर-४४४

नेकपा एमाले- जीवनराम श्रेष्ठ १३३९७

नेपाली कांग्रेस- नविन्द्रराज जोशी १२९५३

ललितपुर-३

मतान्तर-१७०८

माओवादी केन्द्र- पम्फा भुसाल २४०३६

नेपाली कांग्रेस- मदनबहादुर अमात्य २२३२८

काभ्रेपलाञ्चोक-१

मतान्तर- ४०२६

माओवादी केन्द्र- गंगाबहादुर तामाङ ४३६३१

नेपाली कांग्रेस- तीर्थबहादुर लामा ३९६०५

गोरखा-१

मतान्तर- ३२१७

माओवादी केन्द्र- हरिराज अधिकारी २९८६०

नेपाली कांग्रेस- चिनकाजी श्रेष्ठ २६६४३

मनाङ्ग-१

मतान्तर- २७९

नेकपा एमाले- पोल्देनछोपाङ गुरुङ्ग २३००

नेपाली कांग्रेस- टेकबहादुर गुरुङ २०२१

तनहुँ-२

मतान्तर- ३२७९

नेकपा एमाले- केदार सिग्देल ३२९२४

नेपाली कांग्रेस- शंकर भण्डारी २९६४५

स्याङ्जा-२

मतान्तर- ३७०६

नेकपा एमाले – पद्‍माकुमारी अर्याल ३५१४२

नेपाली कांग्रेस – गोपालमान श्रेष्ठ ३१४३६

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२

मतान्तर- १३३३

नेकपा एमाले – तिलबहादुर महत क्षेत्री ३९०५३

नेपाली कांग्रेस – विष्णुकुमार कार्की ३७७२०

मुस्तांङ-१

मतान्तर- ३६३

नेकपा एमाले – प्रेमप्रसाद तुलाचन ३५४४

नेपाली कांग्रेस – रोमी गौचन थकाली ३१८१

म्याग्दी-१

मतान्तर- २३२८

नेकपा एमाले – भुपेन्द्रबहादुर थापा २३३०८

नेपाली कांग्रेस – खमबहादुर गर्बुजा २०९८०

कपिलवस्तु-१

मतान्तर- ९४६

माओवादी केन्द्र -चक्रपाणी खनाल २९७९९

नेपाली कांग्रेस – दीपकुमार उपाध्याय २८८५३

कपिलवस्तु-२

मतान्तर- ३५८१

नेकपा एमाले – वृजेशकुमार गुप्‍त ३५१४७

नेपाली कांग्रेस – सुरेन्द्रराज आचार्य ३१५६६

हुम्ला-१

मतान्तर- ४७

स्वतन्त्र– छक्कबहादुर लामा ८४९१

नेपाली कांग्रेस – मङ्गलबहादुर शाही ८४४४

बाँके-१

मतान्तर- २९५६

माओवादी केन्द्र -महेश्‍वरजंग गहतराज (अथक) ३११७३

नेपाली कांग्रेस – माधवराम खत्री २८२१७

बाँके-३

मतान्तर- ४९८४

नेकपा एमाले – नन्दलाल रोका क्षेत्री ३१६०१

नेपाली कांग्रेस – बादशाह कुर्मी २६६१७

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१

मतान्तर- ५००१

नेकपा एमाले – हृदयेश त्रिपाठी ३८५९२

नेपाली कांग्रेस – देवकरणप्रसाद कलवार ३३५९१

मुगु-१

मतान्तर- ३१७३

नेकपा एमाले – गोपालबहादुर बम १३०३४

नेपाली कांग्रेस – हस्‍तबहादुर मल्‍ल ९८६१

कालिकोट-१

मतान्तर- ४७०५

माओवादी केन्द्र -दुर्गबहादुर रावत २१११२

नेपाली कांग्रेस – भुपेन्द्रजंग शाही १६४०७

सुर्खेत-१

मतान्तर- ३३८२

नेकपा एमाले – ध्रुवकुमार शाही ३६७५९

नेपाली कांग्रेस – पूर्णबहादुर खड्का ३३३७७

बाजुरा-१

मतान्तर- ४८८४

नेकपा एमाले – लालबहादुर थापा २८०६५

नेपाली कांग्रेस – कविराज पण्डित २३१८१

अछाम-२

मतान्तर- २८५९

नेकपा एमाले – यज्ञबहादुर बोगटी २१९६५

नेपाली कांग्रेस – पुष्पबहादुर शाह १९१०६