दुई मुक्तक

दुई मुक्तक



(१)

टोलाउँछु र हराउँछु एकान्तमा
झस्किन्छु अनि डराउँछु एकान्तमा
फेरी पनि भुल्नै सकिनँ तिमीलाई
आउँछ याद प्रिय कराउँछु एकान्तमा ।

(२)
फाटेको मन सिएर आएको छु
मनभरी पिडा लिएर आएको छु
बाँचेको छु हरपल तड्पिएर
पानीको सट्टा आँसु पिएर आएको छु ।