सुनिता – नाम मात्रै होइन,
श्वासभित्रको सजगता हुन् उनी,
तनलाई तन्दुरुस्ती,
मनलाई मौन,
र आत्मालाई अरुणोदय दिने
सुक्ष्म विज्ञानकी साधिका हुन् उनी।
सजिलो भाषामा,
गहिरो ज्ञान झर्छ जब उहाँ बोल्नुहुन्छ—
“आसन मात्रै होइन, जीवन हो योग,
प्रत्येक क्षणमा जागरूक हुनु नै ध्यान हो।”
भित्रको थकानलाई चिन्ने उपाय,
क्रोधको चुलीमा समता ल्याउने कला,
र एक्लोपनभित्रको अस्तित्व चिन्न सिकाउने
जीवनमार्गदर्शक बनेकी छन् सुनिता।
प्रणाम छ–सुनिता!
तपाईंका हातले देखाएको नमस्कारको अर्थलाई,
जहाँ आत्मा–आत्मालाई छुन्छ,
र हामी सबै एक ऊर्जामा विलीन हुन्छौं।
प्रणाम छ–सुनिता!
तपाईंका ती मौन पलहरूलाई,
जहाँ “ओम्” को नाद शरीरभरि गुन्जिन्छ,
र हाम्रा द्वन्द्वहरू समर्पणमा पग्लन्छन्।
गुरु पूर्णिमा को पावन बिहानमा,
फूल होइन, भाव चढाउँछु म तपाईंको पाउमा,
“धन्यवाद!” केवल शब्द होइन—
त्यो एउटा यात्रा हो,
जसले अज्ञानबाट बोधतर्फ लग्यो
तपाईंको योग–दर्शनले।
🕉
गुरु सुनिता!
तपाईंको शिक्षा हाम्रो प्राण–पथमा
प्रेरणा बनि झुलिरहोस्।
अध्यात्म, शारीरिक अनुशासन,
र आत्म–जागरणको तपाईंको देन अमर रहोस्।
🕉


प्रतिक्रिया