काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले टिकट पाएका छन् । उनले विवादकाबिच प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका हुन् । मंगलबार बिहान ११ बजे, काठमाडौं क्षेत्र नम्बर १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) उम्मेदवारी मनोनयन गरिने उनले बताए । मिश्रलाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो । २०७९ काे निर्वाचनमा…