उपमेयर शेर्पा र वडाध्यक्ष प्रधान एमालेबाट निष्कासित

काठमाडौँ । नेकपा एमालेले भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । उनीसँगै भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीबाट निष्कासन गरिएको छ । एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीको बैठकले शेर्पा र प्रधानलाई कारबाही गर्ने जिल्ला कमिटीको सिफारिस अनुमोदन गर्दै थप अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो…