खेलकुदमा मादक पदार्थ सेवन

खेलकुदमा मादक पदार्थ सेवन



अवश्य पनि काठमाडौं उपत्यका र अन्य ठूला शहरहरुको जीवनस्तरमा बृद्धि भएका छन् । समाजका विभिन्न वर्गका मानिसहरुमा रेष्टुरेन्ट संस्कारमा ज्यादै बृद्धि भइरहेकोमा दुईमत हुदैन । मध्यम र उच्च वर्गका मानिसहरु विभिन्न लन्च, डीनर पार्टीमा गएर चिल्लो मसलादार खाना खाने र मादक पदार्थ सेवन गर्ने गर्दछ । त्यस्का साथसाथै साथीभाइहरु संगै मिलेर हरेक विहान मर्निङ्गवाक पनि जाने, फिटनेस सेन्टरमा जाने संस्कारमा पनि अबस्य विकास भैरको देखिन्छ । यस्तो संकार साधारण जनमानस मात्र भएको नभएर नियमित खेलकुदको अभ्यास गर्ने खेलाडीहरुको विचमा पनि भएको पाईन्छ । त्यसैले यस्ता संस्कार नियमित हुन गयो भने जनसाधारण र खेलाडीहरुलाइ उनीहरुको स्वास्थ्यमा कस्ता कस्ता नकारात्मक असर पर्न सक्दछ भन्ने जानकारी यस आलेखमा प्रष्ट पार्न खोजिएका छन् ।

मानिस–खेलाडीहरु लोकल पबमा, रेष्टुरेन्ट वा पार्टी पालेमा जाँदा साथीभाइहरुको करकापमा मादक पदार्थ सेवनै गर्न परेमा तीस चालिस एम.एल वा एक पेग वा एक ग्लास वाइन लिएता पनि केही नकारात्मक असर गर्दैन । विभिन्न बेज्ञानिक अनुसन्धानहरुले प्रष्ट गरेको छ कि केही रक्सी पिउनाले मानिसको मांसपसीय सहनशिलता र केही ताकलमा बृद्धि हुने गर्दछ तर विर्सन नहुने कुरा के हो भने यो मात्र बीस मिनेटको लागि मात्रै हुन्छ र पछि हराउने हुन्छ र समस्याहरु आरंभ हुन थाल्दछन् । हामीले यो पनि विर्सनु हुदैन कि रक्सी–अल्कोहल भनेको एक प्रकारको विषालु पदार्थ नै हो र धेरैमात्रामा पिएमा शरीर भित्र धेरै विकारहरुले आवास बनाउने हुन्छ । यस्को बढी सेवनले शारीरिक बल (मस्तिष्क र मसल्सको कम अन्तर संबादका कारण ) र सहनशिलतामा ह्रास आउने, शारीरिक थकानवाट आराम पाउन धेरै समय लाग्ने, अक्सिजन प्राप्त गर्न सक्ने क्षमतामा ह्रास आउने, मानिसको स्नायु प्रणालीमा नकारात्मक असर गर्ने, मस्तिष्कमा असर पर्ने आदि हुन्छ । लामो समय धेरैमात्रामा पिएमा मानिको मुटु र रक्त संचार प्रणालीमा समेट असर गर्ने हुन्छ । रक्सी सेवनको कारण स–साना रक्त नलीलाइ खुम्च्याउने हुनाले शरीरवाट तापक्रम बढी निस्कासन हुने भएकोले मासपेसीहरुमा ठण्डापनमा बृद्धि हुने र शारीरिक कमजोर हुने गर्दछ ।

यस्को लामो समय निरन्तर सेवनले पाचन प्रणाली कमजोर हुने जस्ले गर्दा कुपोषण सिकार हुने गर्दछ । मानिसको कलेजोले रक्सीमा भएका विषालु पदार्थलाइ डिटक्सिफाइ गर्ने भएकोले जती बढी रक्सी सेवन ग-यो कलेजोले त्यति नै बढीकाम गर्नु पर्ने हुन्छ र केही सेलहरुलाइ हानि पुग्ने हुन्छ । यस्को बढी सेवनले शरीरवाट धेरै विजलन हुने भएकोले किड्नीमा पनि नकारात्मक असर पुग्ने हुन्छ ।

हाम्रो देशमा होस् वा विदेशमा, खेलाडी र रक्सी, बियर , वाईन जस्ता पेय पदार्थहरु खेल सकेपछि वा खेल जितेपछि उत्सव मनाउने क्रममा जोडीन आउने हुन्छ । कहिले काहीं त्यस्ता उत्सवका फोटोहरु पत्रपत्रिकहरुमा छापींदा यस्ले समाजमा नकारात्मक संन्देश जाने पनि हुन्छ । नेपाली खेलकुद समाजमा पनि विभिन्न खेलकुद प्रतियोगिताहरुमा खेल पछि वा खेल जिते पछि खेलाडीहरुले मादक पदार्थको सेवन गर्ने र उत्सव मनाउने यदा कदा चलन भएको पाइन्छ । रक्सी वा अन्य त्यस्तै पेय पदार्थहरु खेलाडीलाइ हरेस पार्ने औषधि हुन् र यस्को सेवनले मानिसहरुलाइ सोचे जस्तो उत्तेजक बनाउदैन बरु यस्ले मानिसको केन्द्रिय स्नायु प्रणाली र दिमागलाइ ढीलो पार्ने काम गर्दछ । मान्छेलाइ हरेसलागि सकेपछि ध्यान एकाग्रता गर्न नसकिने र उस्का शारीरिक कृयाकलापहरुमा सामांञ्जस्यता ल्याउन नसक्ने हुन्छ ।

मादक पदार्थको सेवनले मानिसलाइ बदनाम र हिंनतावोध गराउदछ जस्ले गर्दा उस्को खेलकुद प्रदर्शन क्षमतामा नकारात्मक असर पार्दछ । यस्को साथसाथै मादक पदार्थको सेवनले खेलाडीको सोच्ने विचार गर्ने गतिलाइ पनि ढीलो बनाउँदछ । खेलाडीको शारीरिक सन्तुलन बिग्रने, प्रतिक्रियात्मक समय (Reaction Time), आँखाले देखेपछि हात खुट्टाको प्रतिक्रिया गर्ने सामाञ्जस्यता आदि क्षमताहरुमा नकारात्मक असर पार्दछ । विभिन्न वैज्ञाानिक अनुसन्धानहरुले के सिद्ध गरेको छ भने मादक पदार्थको सेवनले शारीरिक शक्ति (Power) ताकत (Strength) र सहनशीलता क्षमताहरु कध्य कुनैको पनि विकास हुँदैन ।

आजकाल केही अन्तराष्ट्रिय खेल प्रतियोगिताहरु हुँदा मदिरा सेवनलाई पुरै निषेध गरिएको हुन्छ । त्यसो भएता पनि खेलाडीहरुले हप्ताको अन्तमा हुने पार्टीहरुमा मादक पदार्थको सेवन गर्ने गर्दछ । जस्को प्रभाव प्रशिक्षण वा अर्को दिनको प्रतियोगिताको लागि थकान कम गर्ने प्रकृयामा नकारात्मक असर पर्ने हुन्छ । यसरी हप्तान्तको पार्टीहरुमा खेलाडीहरुले मादक पदार्थको सेवन गर्ने बानी गरेमा अल्प र दिर्धकालमा विभिन्न नकारात्मक असर पर्ने हुन्छ ।

अल्पकालको नकारात्मक असर :
मादक पदार्थको सेवनले खेलाडीको शरीरवाट निक्कै विजलन हुने गर्दछ । कडा रक्सी वा वियरको उपभोगले शरीर भित्र निक्कै पानी खर्च हुने गर्दछ । हप्ताको अन्तमा हुने पार्टीमा खेलाडीले बढी मादक पदार्थको सेवन गरेको खण्डमा उसलाई घाउचोटपटक लागेको छ भने त्यस भागमा अझ बढी रक्त प्रभाह हुन गइ झन बल्झिने हुन्छ र पुरा निको हुन घेरै समय लाग्ने हुन्छ । यदि खेलाडीले २–३ पेग मादक पदार्थ सेवन गरेको खण्डमा ठीक समयमा प्रतिकार र ठीक निर्णय लिन नसक्ने हुन्छ ।

दीर्घकालको नकारात्मक असर :
खेलाडीहरु बारम्वार पार्टीहरुमा मादक पदार्थको सेवन गर्ने बानी हुन थाल्यो भने यसको लत लाग्ने र शरीरमा धेरै शक्ति–इन्धन जम्मा हुन थाल्ने हुन्छ । वियरमा कमैमात्रामा कार्वोहाइड्रेट हुन्छ तर सेवन गरी सके पछि त्यस्मा भएको चिनी रक्सीमा परिवर्तन हुने हुन्छ । जस्ले गर्दा उस्को शरीरिक तौल विस्तारै बृद्धि हुदै जान्छ । धेरैजसो मानिसहरुले मादक पदार्थको सेवन गर्दा धेरै चिल्लो पदार्थ (वोंसो युक्त) अन्य खाद्य पदार्थ पनि खाने हुन्छ जुन शक्तिको रुपमा खर्च नभइ वोंसो भएर शरीरमा जम्मा हुन्छ । खेलकुद प्रशिक्षण वा म्याच सकिए पछि खेलाडीहरुले पार्टी गर्न थाले भने त्यस्को निम्नलिखित अप्रत्यक्ष नकारात्मक असर पर्ने हुन्छः

– आराम छिटो नहुने, पुणर्जलीय प्रकृया र मांसपेशीलाइ पुनःनिमार्ण गर्ने प्रकृया ढिलो हुने
– चोटपटकवाट ठीक हुने–निको हुने प्रकृयामा ढीलासुस्ती हुने
– मादक पदार्थ सेवन गरे पछि हिंसात्मक भएर साथीहरुसंग झगदा गर्ने बानी हुन थाल्छ र खेलकुद समाजमा नकारात्मक छाप पर्न जाने हुन्छ ।
– एसियन गेम्समा जाँदा हाम्रा केही खेलाडीहरु अनि पदाधिकारीहरुले गरेको अभद्र ब्यबहारको कारणले देशकै बदनाम भएका धटनाहरु पनि छन्
अमात्य खेलकुद विज्ञ हुन्