चीन भ्रमणमा निस्किँदै अमेरिकी अर्थमन्त्री

वासिङ्टन । विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्ने भएकी छन् । अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनको जुलाई ६ देखि ९ सम्मको भ्रमण हुन…