काठमाडौं । अमेरिकाको टेक्सासस्थित आफ्नै निवासमा आत्महत्या गरेको भनिएका सामाजिक अभियन्ता कृष्ण लामिछानेको अन्त्यष्टि शनिबार गर्ने तयारी गरिएको छ । नेपाली समाज टेक्सास, नेपाली जनसम्पर्क समिति टेक्सासलगायत डालसका अन्य सामाजिक संघसंस्थाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिअनुसार लामिछानेको अन्त्यष्टि स्थानीय समयअनुसार शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म गरिने समय तालिका सार्वजनिक गरिएको छ । त्यहाँ रहेका सामाजिक…