पूर्वराष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर

न्यूयोर्क । गत वर्ष अमेरिकी संसद्मा मच्चाएको हुलदंगा र हिंसात्मक गतिविधिसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि आपराधिक अभियोगहरू लगाउन सिफारिस गरेको छ । डेमोक्र्याट सांसदहरूले नेतृत्व गरेको संसदीय छानबिन समितिले ट्रम्पमाथि कारबाही गर्ने पक्षमा सर्वसम्मतका साथ मतदान गर्दै संघीय न्याय मन्त्रालयलाई कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । राष्ट्रपतीय निर्वाचनमा…