भर्जिनियाका नेपालीले सम्झे दिवंगत नेता गिरिलाई

भर्जिनिया,अमेरिका। नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ। नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आईतवार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरिको बहुआयामिक व्यक्तित्व र योगदानका बारे स्मरण गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं् खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरि आफ्नो राजनीतिक गुरुसमेत…