अमेरिकी संसदबाट क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो विधेयक पारित

काठमाडौं । अमेरिकाको संसदले क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो ठूलो विधेयक जिनियस एक्ट पारित गरेको छ । यसले अमेरिकी डलर वा यस्तै सम्पत्तिको आधारमा ‘स्टेबलकोइन’ जारी गर्नेलाई पर्याप्त रिजर्भ राख्न बाध्य बनाउने वासिङ्टन पोस्टले जनाएको छ । यसअघि जुन महिनामा सिनेटले पारित गरिसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानून बन्नेछ । ‘क्रिप्टो राजधानी बनाउने’ वाचा गर्नुभएका…