वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो । अमेरिकन एयरलाइन्सको विमान सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो…