इरान युद्धले ऊर्जाको मूल्य बढेपछि अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो बनायो

काठमाडौं । इरान युद्धले ऊर्जाको मूल्य बढेपछि अमेरिकाले रुसी कच्चा तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेको छ । इजरायलसँग मिलेर इरानमाथि गरिरहेको युद्धका कारण बढेको तेल र ग्यासको मूल्य कम गर्ने आशामा अमेरिकाले समुद्रमै रोकिएका रुसी पेट्रोलियम पदार्थहरूमाथि ३० दिनका लागि प्रतिबन्ध हटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रतिबन्ध हटाइएपछि रुसले अन्तर्राष्ट्रिय जलमार्गमा रहेका…