चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गरेका छन् । चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उनले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गरेकाे बीबीसीले जनाएको छ…