बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)का अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् । शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए । बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह…