दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लाजमर्दो पराजय

नयाँ दिल्ली । दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले बनाएको ४०८ रन भारतले दोस्रो इनिङमा पनि बनाउन नसकेपछि एक इनिङ र ३२ रनले पराजित भएको हो । दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा तानिएको भारतले पहिलो इनिङमा ६७.४ ओभरमा २४५ रन बनाएको थियो…