बंगलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाको चासो

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छन् । मन्त्री डा. राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवम् अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन…