काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संघको विश्व सम्मेलनको लागि निमन्त्रणा दिएको छ । संघका कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा जानकारी गराएका थिए…