काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौंमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ । एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते…