कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको…