बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध

काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । आरक्षण विरोधी आन्दोलन पुन: चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।…