लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ । संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमवार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख…