काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक आह्वान गरेका छन् । देउवाले संसद भवनस्थित आफ्नै कार्यकक्षमा ११ बजे बैठक डाकेका हुन् । आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सefपति देउवाको सचिवालयले जनाएको छ । कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति…