काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत नभएको दाबी गरेको छ । आज आईतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन । उनले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री…