प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका उनीहरुबीच मङ्गलबार भेटवार्ता भएको हो । स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई…