प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।…