कांग्रेसमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुन्छ : महामन्त्री खड्का

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रिया मार्फत सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको उल्लेख गरे ।…