श्रम संस्कृति पार्टीले सुदन किराँतीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने

काठमाडौँ । श्रम संस्कृति पार्टीले कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा सुदन किराँतीलाई प्रस्तुत गर्ने संकेत दिएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत किराँतीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेबारे सार्वजनिक रूपमा राय मागेका हुन् । केही दिनअघि मात्रै पार्टीमा औपचारिक रूपमा आबद्ध भएका किराँतीलाई अध्यक्ष साम्पाङले प्रदेश नेतृत्वका सम्भावित उम्मेदवारका रूपमा अघि सारेका छन् । उनले…