काठमाडौँ । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा सरकारी कोषबाट व्यहोरेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । रिट निवेदनमा प्रचलित कानुन र जनस्वास्थ्यसम्बन्धी व्यवस्था विपरीत राज्यकोषबाट उपचार खर्च भुक्तानी गरिएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार उक्त विषयमा बिहीबार रिट दर्ता भएको…