काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो । यसअघि गत चैत ५ मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश दिएको…