काठमाडौं । राजनीतिक दृष्टिले वर्ष २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर, वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका निम्ति नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्यो । जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार विस्थापन र प्रतिनिधिसभा विघटन…