पूर्वसांसद सन्तोष चालिसेलाई ५० लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेलाई ५० लाख रुपैयाँ धरौटी हुने आदेश गरेको छ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले दायर गरेको गैरकानुनी आर्जनको मुद्दामा सोमबार (चैत २) विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइराको संयुक्त इजलासले चालिसेलाई पछि ठहरेबमोजिम हुने गरी ५० लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।…