नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको् पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’मा गृहमन्त्री खाणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताएका हुन् । गृहमन्त्री खाणले भने, ‘नागरिकको सुरक्षामा सरकार गम्भिर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो…