काठमाडौं । आफ्ना प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामाबारे छलफल गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालय बैठक बोलाएका छन् । प्रचण्डले राजीनामाबारे छलफल गर्न भोलि मंगलबार बैठक बोलाएको गजुरेलले जानकारी दिए । एक नेताका अनुसार गजुरेलको राजीनामाको कारण पार्टी नेताहरुलाई जानकारी दिएर मात्र प्रचण्ड राजीनामा स्वीकृत गर्ने मुडमा…