काठमाडौं । नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ । सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका लागि मार्गप्रशस्त गर्न हमास र इजरायलबिच तत्काल युद्धविराम गर्न भएको समझदारीको स्वागत पनि गरेको छ । कतार, अमेरिका र इजिप्टको…