काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ । जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर बनेको लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र…