काठमाडाैं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई पुराना दलजस्तै बन्न खोजेको भन्दै प्रश्न उठाएकी छन् । बुधबार सामाजिक सञ्जालमार्फत बमले परिवर्तनलाई सम्बोधन गर्दै संसदमा बोल्नुपर्ने भए पनि त्यत्तिकै अधिवेशन सकाएको बताएकी हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसदको पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ । चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि…