बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताएका छन् । मोर्चाका अध्यक्षसमेत रहेका नेपालले मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले…