काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग

काठमाडौँ । आइतबार बसेको काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेसम्मका आवाज उठेका छन् । युवा सांसदले सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्नेगरी उच्च स्तरीय आयोग बनाउने अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेसम्मका माग पार्टी नेतृत्वसँग गरेका हुन्। सांसद प्रदिप पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका हुन्…