राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौं । राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबिचको सहमतिका आधारमा एक, एक उम्मेदवारको प्रस्ताव परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई,…