कांग्रेसको १८ बुँदे निर्णयमा के छ ?

काठमाडौं । साउन २ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १८ वटा निर्णय गर्दै हिजो बुधबार सम्पन्न भयो । बैठकले १८ वटा निर्णयमा मंसिर १३—१५, काठमाडौंमा महासमितिको बैठक बोलाउने निर्णयदेखि भदौ दोस्रो साताबाट सुरु हुने पार्टी सुदृढीकरण अभियानलगायतका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक आधिकारिक फेसबुक पेजमार्फत् सर्वसाधारण प्रत्यक्ष जोडिएका थिए ।…