नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने बताए । ओलीले भने, "अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन ।…