काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौँ आइपुगेका छन् । श्रीलङ्का भ्रमण सकेर उनी काठमाडौँ आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौँ रहँदा उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।…