२० मिनेटलाई रोकिएको संसद नबसी भोलि ४ बजेका लागि बोलाइयो

काठमाडौं । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्ने भएको छ । शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि शनिबारका लागि सरेको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजे मात्र बसेको थियो । तर, प्रमुख विपक्षी दल एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको…