पहिलोपटक मतदान गर्दै गरेका नवयुवा उत्साही

काठमाडौं । पहिलोपटक मतदानमा सहभागी नवयुवा उत्साहित देखिएका छन् । देशभरका सबै मतदान केन्द्रमा वृद्धवृद्धा र अरू उमेरका मतदातासँगै नवयुवाको उपस्थिति पनि बाक्लो देखिएको छ । भदौको नवयुवा विद्रोहबाट तत्कालीन सरकार र प्रतिनिधिसभा विघटन भएपछिको चुनाव भएका कारण पनि उनीहरू मताधिकार प्रयोगका लागि उत्साहित देखिएका हुन् । निर्वाचन आयोगका अनुसार यस चुनावमा ९ लाख १५…