काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । विधानतः अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई राजीनामा बुझाउनुपर्छ । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । राजीनामा पत्र दर्ता गराएर वरिष्ठ उपाध्यक्षको टेबलमा पुर्याइएको हो । पदाधिकारी र सदस्यहरुले असहयोग गरेको हुनाले राजीनामा दिएको अध्यक्ष पोखरेलले प्याराग्राफ नछुटाइ लेखिएको राजीनामापत्रमा उल्लेख छ ।…