काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए। मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’…