काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए…