वैशाख १० गते चितवन २ को परिणाम बदलिन्छ : विश्वप्रकाश शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते चितवन २ को परिणाम बदलिने बताएका छन् । सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो पटक वैशाख १० गते परिणाम बदलिने बताएका हुन् । ‘यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी…